क्र.सं

सेवाको विवरण

सेवा पाउन पुर्याउनुपर्ने प्रक्रिया/कागजात

सेवा वापत लाग्ने शुल्क

लाग्ने समयावधि

कार्य सम्पादन गर्ने शाखा वा फाँट

१

करारमा शिक्षक पदपूर्तिको लागि रिक्त दरबन्दी प्रमाणित गर्ने कार्य

  • पद रिक्त भएको कारण र सो को कागजात सहितको विद्यालयको माग पत्र
  • सम्बन्धित स्थानीय तहवाट रिक्त दरवन्दी प्रमाणितको लागि सिफारिस पत्र

नि:शुल्क

पेश भएकै दिन

विद्यालय प्रशासन शाखा

२

करार शिक्षक नियुक्तिको अभिलेख राख्ने कार्य

  • पद रिक्त भएको प्रमाणित गरिएको पत्रको प्रतिलिपि
  • विज्ञापन प्रकाशनको प्रतिलिपि
  • छनौट समिति गठन देखि छनौट सम्पन्न हुँदा सम्मका सबै कागजातहरु
  • नियुक्तिको लागि वि.व्य.स.ले गरेको निर्णय प्रतिलिपि
  • विद्यालयले प्रदान गरेको नियुक्तिपत्र
  • नियुक्ति हुने व्यक्तिको शैक्षिक योग्यताका प्रमाणपत्रहरु¸ नागरिकता र अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु

नि:शुल्क

पेश भएकै दिन

विद्यालय प्रशासन शाखा

३

शिक्षक सरुवा

  • सरुवा प्रक्रियाबाट रिक्त पदमा पदपूर्ति गर्ने भन्ने ब्यहोराको सम्बन्धित स्थानीय तहको निर्णय भएको पत्र
  • विद्यालयले सरुवा आह्वान गरी प्रकाशित गरेको सूचनाको प्रतिलिपि
  • सम्बन्धित स्थानीय तहको सहमति पत्र
  • विद्यालय ब्यवस्थापन समितिको सहमति प्रदान गर्न प्राथमिकताक्रम निर्धारण गरिएको निर्णय सहितको प्र.अ.बाट प्रमाणित प्रतिलिपि
  • शिक्षा नियमावली २०५९ (संशोधन सहित) को अनुसूची १७ फाराम
  • हालको विद्यालयमा सेवा गरेको सेवा अवधि खुल्ने विद्यालयको पत्र
  • स्थायी नियुक्ति पत्र र हालको विद्यालयमा हाजिर भएको पत्रका प्रतिलिपिहरु
  • असाधारण र वेतलवी विदा लिए/ नलिएको खुल्ने पत्र
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र अध्यापन अनुमतिपत्रको प्रतिलिपिहरु

नि:शुल्क

३ दिनभित्र

विद्यालय प्रशासन शाखा

४

जिल्लान्तर शिक्षक सरुवा सहमतिपत्र लिने

  • सम्बन्धित शिक्षकको निवेदन
  • सरुवा सहमति दिइएको वि.व्य.स.को निर्णय प्रतिलिपि सहित विद्यालयको सरुवा सहमतिको पत्र
  • सम्बन्धित स्थानीय तहको सरुवा सहमति पत्र
  • स्थायी नियुक्ति पत्र र विद्यालयमा हाजिर भएको पत्रका प्रतिलिपिहरु

नि:शुल्क

३ दिन भित्र

विद्यालय प्रशासन शाखा

५

स्थायी शिक्षकको राजिनामा स्वीकृत गर्ने

  • सनाखतको लागि स्वयं उपस्थित भइ राजिनामा पत्र पेश गर्नुपर्ने
  • स्थायी नियुक्तिपत्र र नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरु

नि:शुल्क

पेश गरेकै दिन

विद्यालय प्रशासन शाखा

६

निवृत्त शिक्षक सुविधाको लागि सिफारिस

  • राजिनामा स्वीकृत भएको वा अनिवार्य अवकासको पत्र
  • अस्थायी र स्थायी नियुक्ति भए देखिका नियुक्ति पत्र, हाजिर भएको जानकारी पत्र, सरुवा¸ वढुवा तथा रमाना पत्रहरु
  • अस्थायी सेवा अवधिको र स्थायी सेवा अवधिको स्थानीय तहबाट विदा प्रमाणित भएको फाराम
  • सेवा अवधि प्रमाणित पत्र¸ बरबुझारथ गरेको पत्र¸असाधारण विदा लिए/ नलिएको प्रमाणित पत्र¸ औषधि उपचार खर्च लिए/ नलिएको प्रमाणित पत्र, तलव र ग्रेड प्रमाणित गरेको पत्र
  • विभागिय सजाय पाए/ नपाएको सम्बन्धी प्रमाणित पत्र
  • शैक्षिक योग्यता¸ तालिम¸ नागरिकताको प्रमाणपत्र र अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु
  • प्र.अ.को हकमा निजको कार्यकालमा बेरुजु नभएको पत्र

(सबै कागजातहरु दुई/दुई प्रतिका दरले बनाइ दुईवटा फाइल तयार गर्नुपर्नेछ)

नि:शुल्क

७ दिन भित्र

विद्यालय प्रशासन शाखा

७

उपदान¸औषधि उपचार तथा विदाको रकम भुक्तानी

  • PAN No. र बैंक खाता नं. स्पष्ट उल्लेख भएको शिक्षकको निवेदन पत्र
  • शिक्षक कितावखानावाट रकम निर्धारण भएको पत्र
  • विदा प्रमाणित भएको पत्रको प्रतिलिपि
  • शिक्षकको परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

नि:शुल्क

शिक्षक किताबखाना बाट निकासा भएपछि तुरुन्तै

आर्थिक प्रशासन शाखा

८

शिक्षक सेवा आयोगवाट प्रत्यायोजित कामहरु

  • शिक्षक सेवा आयोगबाट सूचनामा उल्लेख भए बमोजिम

तोकिए बमोजिम

तोकिए बमोजिम

विद्यालय प्रशासन शाखा

९

एसईई रजिष्ट्रेसन फाराम / आवेदन फाराम भर्ने कार्य

  • कक्षा ८ र ९ को लव्धाङक पत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विद्यालय मार्फत आवेदन फाराम

रा.प.बोर्डले तोकेको राजश्व रकम तिरेको बैंक भौचर

रा.प.बोर्डको सूचना अनुसार

परीक्षा शाखा

१०

बि.सं. २०७३ साल सम्मको कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको लव्धाङ्क पत्रको प्रतिलिपी बनाउने

  • परीक्षा उतीर्ण गरेको साल र रोल नं. खुलेको सम्बन्धित विद्यालयको सिफारिस पत्र
  • सम्बन्धित ब्यक्तिको निवेदन

रु. २५०।

पेश गरेकै दिन

परीक्षा शाखा

११

एस.एल.सी/एसईई परीक्षाको प्रमाणपत्रमा नाम¸ थर¸ जन्म मिति संसोधनको लागि सिफारिस

  • परीक्षा उतीर्ण भएको साल,रोल नं. र सच्याउनु पर्ने विवरण स्पष्ट खुलेको विद्यालयको सिफारिस पत्र
  • नागरिकताको प्रतिलिपि/जन्मदर्ताको प्रतिलिपि,
  • कक्षा ८को प्रमाणपत्रको प्रतिलिपि
  • रजिष्ट्रेशन फारामको अर्धकट्टिको प्रतिलिपि
  • सक्कल प्रवेशपत्र

नि:शुल्क

पेश गरेकै दिन

परीक्षा शाखा

१२

एसईई ग्रेडसिट र मूल प्रमाणपत्र वितरण

  • विद्यालयको पत्र
  • राजश्व बुझाएको भौचर

रा.प.बोर्डले तोकेको

पेश गरेकै दिन

परीक्षा शाखा

१३

सामुदायिक विद्यालय प्रमाणित

  • सम्बन्धित व्यक्तिको ग्रेडसिट सहितको निवेदन र विद्यालयको सिफारिस पत्र

नि:शुल्क

पेश भएकै दिन

परीक्षा शाखा

१४

शिक्षकको स्थायी नियुक्ति र सिटरोल दर्ताको लागि सिफारिस

  • रजिष्टर्ड मेडिकल अधिकृतबाट प्रमाणित निरोगिताको प्रमाणपत्र, शैक्षिक योग्यता¸ नागरिकता र अध्यापन अनुमतिपत्रका प्रतिलिपिहरु
  • शिक्षक सेवा आयोग/शिक्षा विभागको सिफारिस

नि:शुल्क

१५ दिन भित्र

विद्यालय प्रशासन शाखा

१५

स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन

  • कार्यक्रम कार्यान्वयन कार्यविधिले तोकेको प्रकृया अनुसार

नि:शुल्क

तोकिए बमोजिम

योजना तथा कार्यक्रम शाखा

१६

बेरुजु सम्परीक्षण

  • विद्यालय भवन निर्माण, मर्मत, शौचालय, वाहिरी वातावरण सुधार लगायतका निर्माण कार्यको भएमा सम्झौतापत्र, लागत अनुमान, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिद्यालय ब्यवस्थापन समितिको निर्णय सहित स्थानीय तहको सिफारिसपत्र
  • अन्य कार्यक्रमको बेरुजु भए प्रमाणित वील भर्पाई र आवश्यक निर्णयहरु
  • असुल उपर गर्नुपर्ने वेरुजु भएमा बेरुजु राजश्व खातामा रकम जम्मा गरेको भौचर

नि:शुल्क

तोकिए बमोजिम

आर्थिक प्रशासन शाखा